images

२०८३ आश्विन १७ गते

images
images
images

आँपको मूल्य बढ्यो, कति पुग्यो किलोको?

आँपको मूल्य बढ्यो, कति पुग्यो किलोको?

images
images
शुक्रवार, आषाढ २० २०८२
शुक्रवार, आषाढ २० २०८२
  • बजारमा आँपको मूल्य बढेको छ।मागभन्दा अनुसार आँपको आपूर्ति नहुँदा मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।

    images
    images

    'बजारमा आँप धेरै एकदमै कम छ। त्यसैले मूल्य बढेको हो,' उनले भने।उनका अनुसार अहिले बजारमा आँप प्रतिथोक मूल्य ८५ देखि ९० रूपैयाँमा कारोबार भइरहेको छ। आँपको मूल्य बढेको दुई दिन भयो। यसअघि आँप प्रतिकिलो थोक मूल्य ६० देखि ७० रूपैयाँमा कारोबार भएको थियो।अहिले बजारमा नेपाली आँपको सिजन सकिन लागेकाले मूल्य बढेको हो।

    मेघनाथका अनुसार अब केही दिन तराई क्षेत्रका आँप आउँनेछ भने त्यसपछि पहाडी भेगका आँप आउन थाल्नेछ।ग्राहकले आँप साउन अन्तिमसम्म बजारमा किन्न पाउँछन्।उनका अनुसार हाल लहानबाट बढी मात्रामा आँप आएको छ। उपभोक्ताले बजारमा मालदह, दसहरी र बमोई गरी तीन प्रकार आँप पाउँछन्।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend