images

२०८३ आश्विन २० गते

images
images
images

फोर्ब्सले सार्वजनिक गर्‍यो शीर्ष धनाढ्यहरूको सूची

फोर्ब्सले सार्वजनिक गर्‍यो शीर्ष धनाढ्यहरूको सूची

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • एजेन्सी । फोर्ब्स पत्रिकाले संसारका सबभन्दा धनाढ्य व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ ।सन् २०२५ को पहिलो ६ महिनाको तथ्यांकलाई आधार बनाएर फोर्ब्सले जुलाई १ अर्थात् मंगलवार सूची प्रकाशित गरेको हो ।सूचीमा इलोन मस्क पहिलो स्थानमा कायम छन् । मस्कसँग ४०६.५ अर्ब डलर बराबरको सम्पत्ति रहेको फोर्ब्सले उल्लेख गरेको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँगको झगडापछि मस्कले केही दिनयता १२ अर्ब डलर गुमाएको बताइएको छ ।

    images
    images

    दोस्रो स्थानमा ल्यारी एलिसन छन् । उनी विशाल सफ्टवेयर कम्पनी ओराकलका सहसंस्थापक र अध्यक्ष हुन् । हालैका दिनमा ओराकलको स्टक मूल्य ३२ प्रतिशतले बढेपछि उनको सम्पत्ति २६२ अर्ब डलर पुगेको थियो । गत मे महिनामा उनी चौथो स्थानमा थिए ।

    त्यसक्रममा उनले मेटाका मार्क जकरबर्ग र अमेजनका जेफ बेजोसलाई पछि पारेका हुन् । जकरबर्ग २५५ अर्ब डलर र बेजोस २३३ अर्ब डलरका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।पाँचौं स्थानमा गूगलका सहसंस्थापक ल्यारी पेज छन् । उनीसँग १४५.९ अर्ब डलर बराबरको सम्पत्ति छ ।उनीपछि वारेन बफेट (१४५.६ अर्ब डलर), स्टिभ बाल्मर (१४१.२ अर्ब डलर), सर्गे ब्रिन (१३९.५ अर्ब डलर), बर्नार्ड अर्नाउ (१३८.४ अर्ब डलर) र जेनसेन ह्वाङ क्रमशः छैटौंदेखि १०औं स्थानमा छन् ।

    images
    images

    यी शीर्ष १० अर्बपतिहरूसँग २० खर्बभन्दा बढी सम्पत्ति छ । जुन महिनामा नास्डाक र एसएन्डपीको स्टक बढेपछि उनीहरूको सम्पत्ति बढेको हो । अमेरिकाले संसारभरिका मुलुकमाथि आयातकर लगाएपछि बढेको तनाव क्रमशः घट्दै गएपछि अर्बपतिहरूको सम्पत्तिमा पनि वृद्धि भएको हो ।फोर्ब्सले सन् १९८७ देखि संसारका अर्बपतिहरूको अभिलेख राख्न सुरु गरेको हो ।सन् २०२५ को अप्रिलमा फोर्ब्सको सूचीमा ३ हजार ८ जना डलर अर्बपति थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend