images

२०८३ आश्विन २० गते

images
images
images

इन्ष्ट्यान्ट कफी धेरै खाँदा जान सक्छ आँखाको ज्योति

इन्ष्ट्यान्ट कफी धेरै खाँदा जान सक्छ आँखाको ज्योति

images
images
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • काठमाडौँ । बिहानी समयमा अधिकांश मानिसहरू चिया वा कफी पिउँछन् । तर यसरी खाइरहनु भएको कफीले हानी गर्न सक्छ भन्ने कुरा के तपाईँलाई थाहा छ ? कफीले निद्राबाट त जगाउँछ तर यसले तपाईंको आँखाको ज्योतिलाई क्षति पुर्‍याउन सक्ने एक अध्ययनले देखाएको छ । उक्त प्रतिवेदनका अनुसार धेरै कफी खाँदा अन्धो हुने खतरा बढ्छ । चिनियाँ अनुसन्धानकर्ताहरूले गरेको नयाँ अनुसन्धानले इन्ष्ट्यान्ट कफी नपिउन अर्को ठुलो कारण देखाएका छन् ।

    images
    images

    उनीहरूले इन्ष्ट्यान्ट कफी र गम्भीर आँखा रोगबिच सम्बन्ध फेला पारेका छन् । यो यस्तो रोग हो जसमा आँखाको ज्योति धमिलो हुँदै जान्छन् । यसलाई अझै सिधा शब्दमा भन्नु पर्दा यस रोगमा तपाईँले आफ्नो आँखा अगाडि राखिएका चिज राम्रोसँग देख्नु हुने छैन । यी सबै चिज टेढोमेढो वा धमिलो देखिन थाल्छ । अन्य खालको कफी सेवन गर्नेको तुलनामा इन्ष्ट्यान्ट कफी पिउनेहरूमा यो रोग लाग्ने सम्भावना सात गुणा बढी पाइएको छ । 

    यो एउटा उमेरसँग सम्बन्धित म्याकुलर डिजनरेशन अर्थात् एएमडी भनेर चिनिन्छ । यसमा आँखाको रेटिनाको सब भन्दा सानो र बिचको भाग बिग्रिन्छ । यो रोगका कारण व्यक्तिको पढ्ने, ड्राइभ र अनुहार पहिचान गर्ने क्षमतालाई असर गर्दछ । इन्ष्ट्यान्ट कफी बनाउने तरिकाका कारण पनि यो रोग लाग्न सक्ने अनुसन्धानकर्ताहरू मान्दछन् । ‘इन्ष्ट्यान्ट कफीले उमेरसँग सम्बन्धित म्याकुलर डिजनरेशनको जोखिम बढाउन सक्दछ, तर तपाईँले इन्ष्ट्यान्ट कफी पिउन कम गर्नु भयो भने यो रोगलाई रोक्न मद्दत मिल्न सक्छ । जो मानिसलाई यो रोग लाग्ने खतरा निकै धेरै छ, उनीहरूले इन्ष्ट्यान्ट कफी पिउनु हुन्न ।’ यस अनुसन्धानको नेतृत्व गरेकी आँखाको डाक्टर क्यू जियाले चेतावनी दिएकी छिन् । 

    images
    images

    कस्ता व्यक्तिलाई छ यो रोगको खतरा ?

    धेरै व्यक्तिहरू यस रोगबाट पीडित हुने जोखिममा छन् । यसमा त्यस्ता व्यक्तिहरू पनि छन् जसको परिवारमा कसै न कसैलाई कुनै न कुनै बेला यो रोग लागिसकेको  छ । तौल धेरै भएका, धुम्रपान गर्ने वा हाई ब्लड प्रेसर भएका व्यक्ति पनि यसको जोखिममा हुन्छन् । आँखा निलो वा हरियो भएको व्यक्ति पनि यसको चपेटामा पर्न सक्छन् । यिनीहरूको आँखामा ज्यो दिने कम्पाउन्ड कम हुन सक्छ । यस्ता मानिसले सूर्यको किरणबाट ज्यादा क्षति बेहोर्न सक्छन् । 

    तर यो अनुसन्धान हेराई र बुझाइमा आधारित भएको अनुसन्धानकर्ताहरू बताउँछन् । यसले स्पष्ट रूपमा इन्ष्ट्यान्ट कफी नै आँखा रोग एएमडीको कारण हो भनेर साबित चाँहि गर्दैन । यस अघि भएका अध्ययन अनुसन्धानमा कफीले एएमडीको जोखिम कम गर्न सक्ने पाइएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend