images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • रौनकको ब्याटिङ र विपिनको बलिङमा भुटानविरुद्ध...

रौनकको ब्याटिङ र विपिनको बलिङमा भुटानविरुद्ध नेपालको फराकिलो जित

रौनकको ब्याटिङ र विपिनको बलिङमा भुटानविरुद्ध नेपालको फराकिलो जित

images
images
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौँः १७ असार, नेपालले मङगलबार भुटानलाई २९८ रनले हराएर प्रतियोगिताको समूह ए विजेता बनी सेमिफाइनलमा पुगेको छ । नेपाल भुटानसँग खेल्नुअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले अब फाइनलमा स्थान बनाउन आयोजक मलेसिया विरुद्ध खेल्नेछ ।

    images
    images

    मलेसियाको क्वालालम्पुरस्थ्ति सेलाङगर टर्फ क्लबमा भएको खेलमा रौनक श्रीवास्तवको शतकीय पालि र कप्तान विपिन शर्माको उत्कृष्ट बलिङले नेपालले फराकिलो जित हासिल गर्यो । रौनकले १६८ रनको शतकीय पालि खेलेपछि नेपालले पहिले ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा पाँच विकेटको क्षतिमा ३५८ रनको विशाल स्कोर बनाएको थियो ।

    नेपालले सुरुआत राम्रो भने थिएन । प्रसिद्ध जैसी सात र परिमार्जन यादव दुई रनमा आउट भएपछि नेपालले पाँचौँ ओभरमा १७ रनमा दुवै प्रारम्भिक ब्याट्सम्यानलाई गुमाइ सकेको थियो । त्यसपछि चौथो क्रमका ब्याट्सम्यान रौनकले १३२ बलको सामना गरी १६ चौका र पाँच छक्का सहित १६८ रन बनाएर नेपाललाई राम्रो स्थितिमा लगे । शिवांस बजगाइँले ५२ बलमा ५४ र जोय थापाले ६७ बलमा सात चौका सहित अविजित ६१ रन बनाएर रौनकलाई साथ दिए । सचिन भट्ट दुई बलमा एक छक्का सहित आठ रन बनाएर अविजित रहे । भुटानका लागि साङगे दोर्जीले सर्वाधिक तीन विकेट लिए ।

    images
    images

    भुटानले जवाफमा ३२.४ ओभरमा नौ विकेटको क्षतिमा ६० रन मात्र बनाउन सक्यो । अन्तिम ब्याट्सम्यान साङगे चोटका कारण ब्याटिङ गर्न क्रिमजा आएनन् । भुटानका लागि छेजाङ दावाले १४ र युगेन केल्जयाङ छोपेलले दस रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विपिनले दस ओभरमा छ मेडन सहित मात्र सात रन खर्चेर चार ब्याट्सम्यानलाई आउट गरे । यसैगरी सचिनले र सुयोग भट्टराईले दुई–दुई विकेट लिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend