images

२०८३ कार्तिक ६ गते

images
images
images
  • शेयर
  • नेप्से ३४.२९ अंकले बढ्यो, २३ अर्ब...

नेप्से ३४.२९ अंकले बढ्यो, २३ अर्ब ४३ करोडको कारोबार

नेप्से ३४.२९ अंकले बढ्यो, २३ अर्ब ४३ करोडको कारोबार

images
images
अर्थ समाचार
बुधवार, श्रावण ३० २०८१
अर्थ समाचार
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौं । मंगलबारको सामान्य करेक्सनपछि बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा बन्द भएको छ।

    images
    images
    कारोबार सुरु भएपछि घटेको नेप्से सूचक अन्ततिर आएर बढेपछि बजारले ३४.२९ अंकको उचाइ लिएको हो। समग्रमा आज ३४.२९ अंकले बढेर नेप्से सूचक २९५७.७५ अंकमा बन्द भएको छ।

    यो दिन लगानीकर्ताले २३ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार गर्दा १५६ वटा कम्पनीको सेयरमाग बढ्दा मूल्य पनि बढ्न पुगेको हो।

    आज जीवन बिमा, लघुवित्त र म्युचुअल फण्डबाहेक सबै समूहको सूचक हरियो बन्दा १५६ वटा कम्पनीका लगानीकर्ताले कमाएका हुन्। 

    images
    images

    यसमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, माउन्टेन हाइड्रो, हिमालयन दोलखा हाइड्रो, इङ्ग्वा हाइड्रो र अप्पर स्याङ्गे हाइड्रोको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको हो।

    यीबाहेक अन्य ६ कम्पनीको पनि आज सर्किट लेबलमै मूल्य बढ्न पुग्यो। कारोबारका आधारमा भने आज पनि हिमालयन रि इन्स्योरेन्स नै अगाडि छ।

    निरन्तरको मूल्यवृद्धिसँँगै भोलुम धेरै भएका आधारमा पछिल्लो दुई हप्तायता हिमालयन रि इन्स्योरेन्स सर्वाधिक कारोबार हुनेमा अग्रपंक्तिमा देखिन्छ। आज पनि यो कम्पनीको ८६ करोडको सेयर कारोबार भएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend