images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • विकास सम्मेलनमा शनिबार प्रधानमन्त्री केपी शर्मा...

विकास सम्मेलनमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान

विकास सम्मेलनमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान

images
images
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ।

    images
    images

    स्पेनका लागि नेपाली राजदूत शनिल नेपालका अनुसार, प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्त सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्नुहुनेछ। भ्रमणको तयारी पूरा भइसकेको र स्पेनस्थित नेपाली समुदाय प्रधानमन्त्रीको स्वागतका लागि उत्साहित रहेको राजदूत नेपालले बताउनुभयो।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना स्पेनी समकक्षी सँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। सो अवसरमा नेपाल र स्पेनबीच सहयोग तथा सम्बन्ध विस्तार सम्बन्धी केही महत्त्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर हुने दूतावासले जनाएको छ।

    images
    images

    यसका साथै, प्रधानमन्त्री ओलीले स्पेनमा रहेका नेपाली समुदाय र स्पेनका उद्योगी–व्यवसायीहरू सँग पनि अन्तर्क्रिया गर्नुहुने कार्यक्रम छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend