images

२०८३ कार्तिक ६ गते

images
images
images
  • शेयर
  • सानिमा बैंकको ३८ हजार भन्दा धेरै...

सानिमा बैंकको ३८ हजार भन्दा धेरै संस्थापक शेयर विक्रीमा,३५ दिनभित्र आवेदन पेस गर्नुपर्ने

सानिमा बैंकको ३८ हजार भन्दा धेरै संस्थापक शेयर विक्रीमा,३५ दिनभित्र आवेदन पेस गर्नुपर्ने

images
images
मंगलवार, श्रावण २९ २०८१
मंगलवार, श्रावण २९ २०८१
  • काठमाडौं । सानिमा बैंक लिमिटेडको ३८ हजार ४५७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । 

    images
    images

    बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।

    प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि बैंकको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल, काठमाडौँमा आवेदन पेस गर्नुपर्नेछ । न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।

    images
    images

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री हुन नसकेमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend