images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आईपीओमा लगानीको मौका, दरमखोला हाइड्रोको शेयर...

आईपीओमा लगानीको मौका, दरमखोला हाइड्रोको शेयर असार ९ गतेदेखि

आईपीओमा लगानीको मौका, दरमखोला हाइड्रोको शेयर असार ९ गतेदेखि

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौंः दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि -- गर्ने भएको छ ।

    images
    images

    कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने अनुमति पाएको थियो । जस मध्ये कम्पनीले १ सय अंकित मूल्यमा १० लाख ३० हजार ५०० कित्ता सेयर आयोजना प्रभावित गुल्मी जिल्लाको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गलकोट नगरपालिका र बाग्लुङ जिल्लाको बडीगाँउ गाँउपालीकाका स्थानीयलाई जारी गर्न लागेको हो । 

    कम्पनीले सर्वसाधारणमा निष्कासन हुने २९ लाख १९ हजार ५०० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ९१ हजार १५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

    images
    images

    असार २३ गते सम्म आवेदन दिन पाउने यस आईपीओमा स्थानीयले भने सो अवधि सम्ममा पूर्ण आवेदन नपरेमा साउन ६ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असार २३ गते सम्म आवेदन दिइसक्नु पर्नेछ ।

    यसमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ग्लोबल आइएमईको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गलकोठ शाखा, प्रभु बैंक गलकोट शाखा र दरम खोला पावर हाउस बाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीय बासिन्दाकाले दरखास्त फारम प्राप्त गर्नको लागि २ रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् ।
    आईपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend