images

२०८३ आश्विन १६ गते

images
images
images

भन्सार छलेर ल्याइएको एक करोड बराबरको सामान चार महिनामा जफत

भन्सार छलेर ल्याइएको एक करोड बराबरको सामान चार महिनामा जफत

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौंः सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले पछिल्लो चार महिनामा रु एक करोड ८२ लाख ९५ हजार ६५० मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । गत फागुन १ गतेदेखि जेठ मसान्त सम्ममा सो रकम बराबरको विभिन्न थरिका अवैध समान बरामद भएको हो ।

    images
    images

    नम्बर ११ हेडक्वाटका गणपति सन्तोष कुमार बस्नेतले सशस्त्र प्रहरीले चार महिनामा रु ६९ लाख ३२ हजार मूल्य बराबरको सवारीसाधन नियन्त्रणमा लिएको जानकारी दिनुभयो । “सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीले सक्रियता बढाए सँगै अवैध चोरी पैठारीका सामान बरामद हुने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “एक थान स्कारर्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल पनि बरामद भएको छ ।”

    सोही अवधिमा रु ८५ लाख ६८ हजार २२४ मूल्य बराबरको अवैध किराना तथा कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टस बरामद भएको नम्बर ११ हेडक्वाट कार्यालयले जनाएको छ ।

    images
    images

    पछिल्लो चार महिनामा स्रोत नखुलेको रु १० लाख ६१ हजार नेपाली रुपैयाँ पनि बरामद भएको गणपति बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसैगरी स्रोत नखुलेको छ लाख चार हजार ६४० भारतीय रुपैयाँ, सेमी अटोमेटिक पेस्तोल समेत बरामद भएको छ ।

    मानव बेचबिखनमा पर्न सक्ने आशङ्कामा नाकाबाट १० जना नेपाली महिला उद्धार जनाउँदै बस्नेतले सोही अवधिमा ५३ किलो गाँजा तथा अन्य लागुऔषध पनि बरामद गरिएको बताउनु भयो । हेडक्वाटर मातहतमा रहेका पाँच वटा युनिटलाई अवैध चोरीपैठारी तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न निर्देशन दिनु भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend