images

२०८३ आश्विन १९ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य क्षेत्रका लागि भारतको सहयोगस्वरूप ४०...

स्वास्थ्य क्षेत्रका लागि भारतको सहयोगस्वरूप ४० एम्बुलेन्स हस्तान्तरण

स्वास्थ्य क्षेत्रका लागि भारतको सहयोगस्वरूप ४० एम्बुलेन्स हस्तान्तरण

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • काठमाडौँः भारतले उपहारस्वरुप नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स प्रदान गरेको छ । भारतीय दूतावासले शनिवार एकैसाथ काठमाडौँ, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

    images
    images

    दूतावासले नेपालका सात प्रदेशका ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिएको दूतावासले विज्ञप्ति मार्फत जनाएको छ । जसमध्ये काठमाडौँस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूलाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो ।

    यस्तै, वीरगञ्जमा र पोखरामा सात।सात तथा धरानमा र चारवटा एम्बुलेन्स प्रदान गरिएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले भारत–नेपाल विकास साझेदारी अन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यो सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । ‘उपहार स्वरुप प्रदान गरिने एम्बुलेन्स भारत सरकारको लामो समय देखिको पहलहरू मध्ये एक हो । यो पहल भारत र नेपाल बीचको बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा हो । जुन दुई देशबीचको सात दशक लामो र बलियो सम्बन्धको निरन्तरता हो,’ श्रीवास्तवले बताउनुभयो ।

    images
    images

    कार्यक्रममा एम्बुलेन्स प्राप्त गर्ने संस्थाका प्रतिनिधिहरूले भारत सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ एम्बुलेन्सले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।  भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई एक हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । यस्तैगरी, तीन दशक देखि शिक्षा, निर्वाचन र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा स्कुल बसदेखि विद्युतीय गाडीसमेत उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

    हालसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई ३ सय वटा स्कुल बस, सन् २०२२ मा निर्वाचन सञ्चालन हेतु कानुन कार्यान्वयन गर्ने निकायहरू र निर्वाचन आयोगलाई २ सय वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरिएको जनाइएको छ ।  यस्तैगरी, हालै सम्पन्न ‘सगरमाथा संवाद’ को पहिलो संस्करण आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारीसाधन सहयोगस्वरुप प्रदान गरिएको पनि दूतावासले जनाएको छ ।

    भारतीय दूतावासले भारत–नेपालको बहुआयामिक विकास साझेदारीलाई थप बलियो बनाउने उद्देश्यसहित गरिएको यस सहयोगले दुवै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने बिश्वास पनि गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend