काठमाडौँः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८३ साल मंसिर अघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् ।
आज काठमाडौँमा आयोजित पार्टीको एक कार्यक्रमा उनले समयमै १५औं महाधिवेशन हुने दाबी गरेका हुन् ।
०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन गगनले कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
‘अधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहनु होला । हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो । त्यहाँसम्म पुर्याउनु हुन्न,’ उनले भनेका छन् ।
महाधिवेशन पछि सार्दा स्थानीय चुनावलाई प्रभावित गर्ने बताउँदै उनले छिटो क्रियाशिल सदस्यता टुङ्ग्याउनु पर्नेमा जोड दिएका छन् ।




.gif)





