काठमाडौँः बीमा क्षेत्रमा बीमा अभिकर्ताको मुख्य स्थान रहेको हुन्छ । उसले सर्वसाधारणलाई बीमाका बारेमा जनचेतना फैलाउने काम मात्र गर्दैन, बरु व्यक्तिलाई कुन बीमा योजना ठीक हुन्छ भन्ने कुरामा पनि परामर्श प्रदान गर्छ । बीमा अभिकर्ता पेशाका बारेमा हिमालय लाइफ इन्स्योरेन्सका डिसिओ कपील कुमार दाहालको भनाई।
अभिकर्तालाई फाइनान्सियल एडभाइजर पनि भन्ने गरिन्छ । किनकि उसले बीमितलाई बीमाका बारेमा सल्लाह सुझाव दिन्छ । जीवन बीमामा एडभाइजरहरूले कल्पना नगरेको सुविधा पाइरहनु भएको हुन्छ । उनीहरू बीमा कम्पनीको मेरुदण्ड हुन् । बीमा कम्पनीका लागि भनी उनीहरू बिहान देखि बेलुका सम्म दौडिरहनु हुन्छ । सम्भावित बीमाकर्तालाई बीमाका बारेमा ब्रिफिङ गर्नुहुन्छ । १० जनालाई पछ्याउँदा बल्ल २ जनाले बीमाको पोलिसी किन्ने गरेको पाइन्छ । बीमा गर्ने रेसियो एकदमै कम देखिन्छ ।
सबैले झट्टै बीमा गर्न मान्दैनन् । मान्छेलाई मनाउनु एकदमै चुनौतीपूर्ण काम हो । एक हिसाबले अभिकर्ताको काम सामाजिक सेवा सँग पनि सम्बन्धित छ । अभिकर्ताको काम किन पनि समाज सेवा हो भन्नुहुन्छ भन्दा उसले मृतकको परिवारलाई अप्रत्यक्ष रूपमा सहायता प्रदान गरेको हुन्छ ।




.gif)





