images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • एनएलजी इन्स्योरेन्सको १९ औं वार्षिक साधारणसभा...

एनएलजी इन्स्योरेन्सको १९ औं वार्षिक साधारणसभा सम्पन्न

एनएलजी इन्स्योरेन्सको १९ औं वार्षिक साधारणसभा सम्पन्न

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं- एनएलजी इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज बिहीबार काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो ।यस सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँको कुल २.६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.१३ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँ बराबरबको नगद लाभांश छन्।

    images
    images

    बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

    गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै यस सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend