images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • बीमा प्राधिकरणद्वारा निर्जीवन बीमा कम्पनी सञ्चालकहरूसँग...

बीमा प्राधिकरणद्वारा निर्जीवन बीमा कम्पनी सञ्चालकहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

बीमा प्राधिकरणद्वारा निर्जीवन बीमा कम्पनी सञ्चालकहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं- नेपाल बीमा प्राधिकरणको आयोजनामा निर्जीवन बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमासम्बन्धी समसामयिक विषयमा काठमाडौंमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेशन, संस्थागत सुशासन, वित्तीय विवरण, बीमा शिक्षा र सेवा प्रवाहलगायतका विषयमा बीमकका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग छलफल गरी राय सुझावहरू प्राप्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीलाई वित्तीय रूपमा सबल बनाउन, मुनाफा सुनिश्चित गर्न र बीमितको हित रक्षा गर्नका लागि जिम्मेवारीपूर्वक सशक्त भूमिका निर्वाह गर्न निर्जीवन बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिए ।अध्यक्ष ओझाले भने, “बीमा कम्पनीहरू सबल हुनका लागि बाध्यकारी बीमाको दायराबाट बाहिर निस्कनुपर्छ, बीमा ऐन नियम जिम्मेवारीपूर्वक पालना गर्नुपर्छ, कम्पनीको नीतिगत र दीर्घकालीन विषयमा सञ्चालक समिति जानकार रहनुपर्छ, प्राधिकरण सूक्ष्म व्यवस्थापन गर्न चाहँदैन, सूक्ष्म व्यवस्थापनको अवस्था आउन नदिन व्यवस्थापनलाई सञ्चालक समितिले जिम्मेवार बनाउनुपर्छ, नियन्त्रण गर्नुपर्छ ।”

    बीमा कम्पनीका प्रदेश कार्यालयहरूलाई दाबी फर्छ्यौटको अधिकार सहित सशक्त बनाउन निर्देशन दिँदै अध्यक्ष ओझाले प्राधिकरणका प्रदेश कार्यालयहरूमा समेत गरी दाबी भुक्तानीका उजुरीहरू बढिरहेकाले समयमै दाबी भुक्तानी दिएर बीमाप्रतिको विश्वास बढाउनु आवश्यक रहेको बताए ।अध्यक्ष ओझाले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहजकर्ता र नियामकको भूमिका समानान्तर रूपमा निर्वाह गर्दै आएको उल्लेख गर्दै बीमा उद्योगको विकास, बीमितको हित रक्षा, बीमाको दायरा विस्तार र लक्षित समूहसम्म बीमाको पहुँच पुर्‍याउनका लागि प्रक्षेपित सेवा दिएर सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए ।

    images
    images

    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा उद्योगलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन, बीमितको हित रक्षा गर्न र बीमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्नका लागि प्राधिकरणले नियमकीय भूमिका सँगसँगै सहयोगीको भूमिकासमेत निर्वाह गर्दै आएको बताए ।कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले बीमकमा संस्थागत सुशासन कायम गर्न सञ्चालक समितिको भूमिका र उपनिर्देशक विरोध वाग्लेले बीमकको लेखा परीक्षण तथा वित्तीय विवरण सम्बन्धमा सञ्चालक समितिको भूमिका सम्बन्धी छुट्टा छट्टै प्रस्तुति दिएका थिए । कार्यक्रममा निर्जीवन बीमा कम्पनी, निर्जीवन लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend