images

२०८३ आश्विन २० गते

images
images
images

भारतमा बढ्यो कोरोना संक्रमण, ६८ जनाको मृत्यु

भारतमा बढ्यो कोरोना संक्रमण, ६८ जनाको मृत्यु

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौँ- भारतमा कोभिड-१९ (कोरोना भाइरस) संक्रमण पुनः बढ्दै गएको छ। देशभर सक्रिय संक्रमितको संख्या बुधबार बिहानसम्म ६ हजार ८१५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

    images
    images

    सक्रिय संक्रमितको संख्या सात हजार नजिक पुग्दै गर्दा जनवरीयता सात हजार ६४४ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोभिडसँग सम्बन्धित तीन जना व्यक्तिको मृत्यु भएको छ। यस वर्ष कोभिडका कारण मृत्यु हुनेको संख्या ६८ पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ।

    सक्रिय संक्रमितको संख्या अधिकांश राज्यहरूमा केही मात्रामा वृद्धि भए पनि केरला राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ। बुधबार बिहान केरालामा सक्रिय संक्रमितको संख्या दुई हजार ५३ थियो। केन्द्र सरकारको कोभिड-१९ ड्यासबोर्डअनुसार गुजरात, पश्चिम बंगाल, दिल्ली र महाराष्ट्रमा पनि उल्लेखनीय रूपमा सक्रिय संक्रमितको संख्या देखिएको छ।

    images
    images

    हालै देखिएको संक्रमणको बढोत्तरी नयाँ ओमिक्रोन भेरियन्टहरू जेएन १, एनबी १.८.१, एलएपी .७ र एक्सएफसीका कारण भएको चिकित्सकहरूले बताएका छन्। यी भेरियन्टहरू बढी सरुवा भए पनि लक्षणहरू सामान्य हुने खालका छन्। विश्व स्वास्थ्य संगठनले पनि यी भेरियन्टहरू चिन्ताजनक नभएको तर सतर्कता अपनाउनुपर्ने भनेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend