images

२०८३ आश्विन २० गते

images
images
images

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोनाको संक्रमण देखापरेको छ । सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पजिटिभ’ आएको हो । तीमध्ये तीनजना कैलाली र दुईजना अछामका हुन् ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शंकास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । कोरोना संक्रमित पाँचैजनालाई ‘होम क्वारेन्टाइन’मा बस्न परामर्श दिइएको छ । दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    images
    images

    तीन दिनमा भारतबाट फर्केका आठजनामा कोराना संक्रमण देखापरेको सूचना अधिकारी जोशीले जानकारी दिए । संक्रमितहरूमा ज्वरो र रुघाखोकीको समस्या रहेको उनको भनाइ छ ।एन्टिजेनको नतिजा पजिटिभ आएका आठैजनाको नमुना काठमाडौंस्थित प्रयोगशालामा पठाइएको छ । आपतकालीन सञ्चालन केन्द्रले सीमानाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोराेना परीक्षण गर्दै आएको छ ।

    ‘पुरानै स्टकमा रहेका किट प्रयोग गरी परीक्षण गर्दै थियौँ, आज थप दुई सय किट प्राप्त भएको छ,’ सूचना अधिकारी जोशीले भने, ‘दुई–तीन दिनभित्रै सीमानाका गड्डाचौकीमा हेल्थ डेस्क राखेर कोरोना परीक्षण गर्छौँ ।’

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend