images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • साउनयता भित्रियो १३ खर्ब ५६ अर्ब...

साउनयता भित्रियो १३ खर्ब ५६ अर्ब रुपैयाँ विप्रेषण

साउनयता भित्रियो १३ खर्ब ५६ अर्ब रुपैयाँ विप्रेषण

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (साउदेखि वैशाख) सम्ममा नेपालमा विप्रेषण आप्रवाहमा १३.२ प्रतिशतले वृद्धि भएको छ। यस अवधिमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर १६.९ प्रतिशत थियो।

    images
    images

    २०८२ वैशाखमा मात्र विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ कायम भएको छ भने अघिल्लो वर्ष वैशाखमा यो रकम १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ थियो।समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड डलर पुगेको छ। यो वृद्धिदर अघिल्लो वर्षको १४.८ प्रतिशतको तुलनामा केही कम हो।

    वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या पनि वृद्धि भएको छ। समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या चार लाख पाँच हजार ६१० पुगेको छ भने पुनः स्वीकृति लिनेहरूको संख्या दुई लाख ८० हजार ३१४ छ। यो तथ्यांकले नेपालको वैदेशिक रोजगारी र विप्रेषण क्षेत्रमा निरन्तर सकारात्मक प्रगति भएको देखाउँछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend