images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सान्भी इनर्जीको आईपीओ बाँडफाँड, यस्तो छ...

सान्भी इनर्जीको आईपीओ बाँडफाँड, यस्तो छ नतिजा हेर्ने तरीका

सान्भी इनर्जीको आईपीओ बाँडफाँड, यस्तो छ नतिजा हेर्ने तरीका

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं । सान्भी इनर्जी लिमिटेडको आइपीओ बाँडफाँड  भएको छ । सोमबार बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा सान्भी इनर्जीको आईपीओ बाँडफाँड भएको हो ।कम्पनीको आईपीओमा २१ लाख ८ हजार २३२ जना आवेदकहरुले २ करोड ५८ लाख ९० हजार ६२० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो माग भन्दा १०.७१ गुणा बढीको आवेदन रहेको थियो ।

    images
    images

    जसमा ५२ हजार ७१० आवेदकको २० लाख ४३ हजार २४९ कित्ता आवेदन बदर भएका थियो भो आवेदन परेको कुल आवेदनमध्ये २० लाख ३० हजार १५७ जनाको आवेदन सदर भएको छ ।सदर भएका कुल आवेदनमध्ये २ लाख ४१ हजार ५३० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् भने १७ लाख ८८ हजार ६४५ जनाको हात खाली रहेको छ ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।यो आईपीओको अन्तिम नतिजा हेर्न आवेदकले धितोपत्र बिक्री प्रबन्धक र आईपीओ जारी गर्ने कम्पनीको वेबसाइटका साथै सीडीएससीको ‘मेरो सेयर’ र https://iporesult.cdsc.com.np मा गएर नतिजा हेर्न सक्ने छन्।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend