images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्से २७.२९ अंकले बढ्यो, ८ अर्ब...

नेप्से २७.२९ अंकले बढ्यो, ८ अर्ब ६८ करोडको कारोबार

नेप्से २७.२९ अंकले बढ्यो, ८ अर्ब ६८ करोडको कारोबार

images
images
सोमवार, जेठ २६ २०८२
सोमवार, जेठ २६ २०८२
  • काठमाडौं । लगातारको चार दिनको गिरावटपछि सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२९ अंकले बढेर २६५७.१९ विन्दुमा पुगेको छ ।

    images
    images

    यसअघिका चार कारोबार दिन भने नेप्से लगातार घटेको थियो । अघिल्लो कारोबार दिन आइतबार नेप्से ११ अंकले घटेर २६२९ विन्दुमा कायम भएको थियो । गत साताको मंगलबार नेप्से ३५.७३ अंक, बुधबार ११.९७ अंक र बिहीबार ५.९९ अंकले घटेको थियो । सूचक बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार नेप्सेमा कुल ८ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    सोमबार कारोबारमा आएकामध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।सोमबार जलविद्युत् समूहमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ । जलविद्युत् समूहको सेयर मूल्य २.४७ प्रतिशतले बढ्दा लगानी समूहमा १.२९ प्रतिशतको वृद्धि भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend