images

२०८३ आश्विन १५ गते

images
images
images

पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण

पालिकाको अनुदानमा किसानलाई यान्त्रिक हलो वितरण

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा ५३ वटा मिनिटिलर (यान्त्रिक हलो) वितरण गरेको छ । कृषिमा लागत घटाउन र सहज बनाउन पाँच वटा वडा कार्यालयले सङ्कलन गरेर छनोट र सिफारिस गरेका कृषकलाई यान्त्रिक हलो वितरण गरेको हो । ठेक्का प्रतिस्पर्धामार्फत प्रतिमिनिटेलर २९ हजार ७५० रुपैयाँमा खरिद गरेर वितरण गरेको गाउँपालिकाले जनाएको छ । 

    images
    images

    गाउँपालिकाको जिन्सी शाखाका प्रमुख रमेश शर्माले प्रतिमिनिटेलर कृषकले रु १४ हजार ८७५ मात्र लगानी गरेका र ५० प्रतिशत गाउँपालिकाले व्यहोरेको जानकारी दिए  । वडा नं २ लुलाङमा ११, वडा नं ३ मुनामा सात, वडा नं ४ मुदीमा ६, वडा नं ६ मराङमा ७ र वडा नं ७ ताकममा २२ वटा मिनिटेलर हलो वितरण गरिएको उनले जानकारी दिए । 

     

    वडा नं १ गुर्जा र वडा नं ५ मल्कवाङका कृषकले भने मिनिटेलर माग गरेका थिएनन् । शनिबार मुनिस्थित गाउँपालिकाको कार्यालयमा अध्यक्ष प्रेमप्रसाद पुनले कृषकहरूलाई मिनिटेलर वितरण गरेका थिए  । खेतबारी खनजोतका लागि हलगोरुको विकल्पमा यान्त्रिक हलो प्रयोग गर्ने चलन बढेको छ । 

    images
    images

    गोरु पाल्न झञ्झट हुने, मिनिटेलरबाट छिटो खेतबारी खनजोत गर्न सकिने भएकाले कृषकको यसप्रति आकर्षण बढेको धवलागिरि गाउँपालिकाका कृषि प्राविधिक आश्विन खत्रीले जानकारी दिए । मिनिटेलर खरिदका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा नौ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

    गाउँपालिकाको केन्द्र मुनामा मिनिटेलर ट्र्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन भएको छ । उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको १० दिने तालिममा २० जनाको सहभागिता छ । गाउँघरमै ट्र्याक्टर मर्मत गर्नसक्ने दक्ष जनशक्ति तयार पार्न तालिम सञ्चालन गरेको कार्यालयले जनाएको छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend