images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • सीमामा तनाव ? भारतले पाकिस्तान नजिक...

सीमामा तनाव ? भारतले पाकिस्तान नजिक गर्‍यो व्यापक हवाई अभ्यास

सीमामा तनाव ? भारतले पाकिस्तान नजिक गर्‍यो व्यापक हवाई अभ्यास

images
images
आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • भारतीय वायुसेनाले राजस्थानमा रहेको भारत–पाकिस्तान अन्तर्राष्ट्रिय सीमा नजिकै शनिबार देखि ठूलो मात्रामा अभ्यास गरिरहेको छ।

    images
    images

    भारतीय सञ्चारमाध्यमका अनुसार यो दुई दिने अभ्यासका लागि सूचना जारी गरिएको छ। यो वायुसेनाको नियमित अभ्यास हो।

    सूचना अनुसार, शनिबार दिउँसो ३ः३० बजे सुरु यो हवाई अभ्यास आइतबार राति ९ः३० बजे मात्र सकिनेछ। 

    images
    images

    यस अवधिमा निर्धारित स्थान माथिको हवाई क्षेत्रमा प्रतिबन्ध लगाइएको छ।

    भारतीय वायुसेनाका एक अधिकारीले राफेल, मिराज २००० र सुखोई–३० जस्ता उन्नत लडाकु विमान अभ्यासमा संलग्न भएको बताएका छन्। जसमा निगरानी प्लेटफर्म र अन्य सहयोगी प्रणाली पनि संलग्न छन्।

    भारतीय वायुसेनाले यो अभ्यास गत महिना पाकिस्तान विरुद्ध गरिएको अपरेसन सिन्दूरपछि गरिरहेको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend