काठमाडौं, जेठ २३ – क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय, वीरेन्द्रनगर–६, सुर्खेतमा बिहान ११ बजे सुरु हुने तय भएको छ।
सभामा कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायत आर्थिक दस्तावेजमा छलफल हुनेछ। साथै, सभाले दुई जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत पारित गर्नेछ। लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
यद्यपि, कम्पनीले यस पटक कुनै पनि लाभांश वितरण सम्बन्धी प्रस्ताव भने गरेको छैन।
सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गरिसकेको छ। यस अनुसार, जेठ ८ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा सहभागी हुन सक्नेछन्।




.gif)





