images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • नेपाल चाइल्डहुड क्यान्सर एलायन्सद्वारा क्यान्सर पीडित...

नेपाल चाइल्डहुड क्यान्सर एलायन्सद्वारा क्यान्सर पीडित बालबालिकाहरूलाई छात्रवृत्ति

नेपाल चाइल्डहुड क्यान्सर एलायन्सद्वारा क्यान्सर पीडित बालबालिकाहरूलाई छात्रवृत्ति

images
images
बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • काठमाडौं- बालक्यान्सरबाट बाँच्न सफल १४ जना किशोर–किशोरीलाई नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२५ जुन १ मा ‘इन्टरनेशनल क्यान्सर सर्भाइभर डे’ को अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई कूल ६ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको हो।यो कार्यक्रम रमेश गुप्ता स्मृति प्रतिष्ठान, टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सर, लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसन र वर्ल्ड चाइल्ड क्यान्सरको सहकार्यमा सुरु गरिएको हो। छात्रवृत्तिसँगै बालक्यान्सरबाट बाँचेकाहरूले आफ्ना प्रेरणादायी अनुभवहरू पनि साझा गरेका थिए।

    images
    images

    कार्यक्रमका प्रमुख वक्ता डा। बिश्वनाथ अधिकारी (कान्ति बाल अस्पताल) ले उपचारपछिको नियमित फलोअपको आवश्यकता औंल्याउँदै, “क्यान्सरमुक्त भविष्यका लागि निगरानी अनिवार्य छ,” भनेका थिए। टुगेदर अगेंस्ट चाइल्डहुड क्यान्सरका अध्यक्ष बिशप जोशीले शिक्षा बालक्यान्सरबाट बाँचेकाहरूका लागि जीवन परिवर्तनकारी बन्ने र समाजमा क्यान्सरसम्बन्धी कलंक हटाउन सशक्त माध्यम हुने बताए।नर्सिङ इन्चार्ज रमा पराजुलीले अभिभावकको भावनात्मक साहसको प्रशंसा गर्दै बालकको उपचारमा अभिभावकको भूमिका निर्णायक हुने उल्लेख गरिन्।

    छात्रवृत्तिप्राप्त सदीक्षा तामाङकी आमा हरिमाया तामाङले भावुक हुँदै भनिन्, “छोरीलाई क्यान्सर भएको खबरले म स्तब्ध भएँ। तर एनसीसीएको साथले जीवनमा ठूलो परिवर्तन ल्याएको छ, र छात्रवृत्तिले थप राहत दिएको छ।”वल्र्ड चाइल्ड क्यान्सर नेपालका कार्यक्रम संयोजक सम्राट रायमाझीले १४ बालबालिकालाई छात्रवृत्तिद्वारा समर्थन गर्न पाउनु गौरवको विषय भएको र उपचारपछि पनि उनीहरूलाई समृद्ध जीवनतर्फ अघि बढाउन संस्था प्रतिबद्ध रहेको बताए।लियोनार्डो एड्वार्ड श्रेष्ठ फाउन्डेसनकी प्रवक्ता रोजिना मानन्धरका अनुसार, “‘सर्भाइभर डे’ केवल उत्सव मात्र होइन, कुनै पनि बालबालिकाले क्यान्सरसँग एक्लै लड्न नपरोस् भन्ने सन्देश पनि हो।”

    images
    images

    नेपाल चाइल्डहुड क्यान्सर एलायन्सले सन् २०२५ फेब्रुअरी १६ मा आफ्नो औपचारिक उद्घाटनपछिको यो छात्रवृत्तिलाई प्रमुख पहलकदमीका रूपमा लिएको छ। एलायन्सले सरकारी निकाय, स्वास्थ्य संस्था तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमार्फत बालक्यान्सरको उपचार, पुनःस्थापना र समाजमा पुनःएकीकरणमा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend