images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • विरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब,...

विरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब, हस्पिटल बन्द गर्नुपर्ने आफन्तको माग

विरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब, हस्पिटल बन्द गर्नुपर्ने आफन्तको माग

images
images
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ बर्षिय पथ्थरीको विमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न 
    भएको छ ।

    images
    images

    पाल्पा घर भएकी खुशी मगरको पित्तथैलीको अप्रेसनमा चरम लाप्रवाही भएर मृत्यु भएको उनका आफन्तजनहरुले बताएका छन् । हस्पिटलमा २१ गते अप्रेसनका लागि भर्ना भएकी मगरको पित्तथैलीको सामान्य अप्रेसनमा पनि अस्पतालले ठुलो लाप्रवाही गरेको आफन्तहरुको भनाइ छ । 

    मगरको मृत्यु भएपछि हस्पिटलमा ठुलो संख्यामा उनका आफन्त तथा छिमेकीहरु भेला भएका छन् । विरामीको मृत्यु केही दिन अघि नै भएपनि झडप हुने आशंकामा हस्पिटलले ठुलो मात्रामा प्रहरी तथा बाउन्सर प्रयोग गरेको त्यहाँ रहेका विरामीका आफन्तहरुले बताएका छन् । 

    images
    images

    शिकारु डाक्टरहरुले चरम लाप्रवाहीपुर्वक विरामीको अप्रेशन गर्दा विभिन्न नशाहरु काटिएर विरामीको मृत्यु भएको हुनसक्ने आफन्तहरुले बताए । यद्यपी के कारणले विरामीको मृत्यु भएको भन्नेबारे अस्पताल प्रशासनले बताउन नचाहेको त्यहाँ उपस्थीतहरुले बताए ।

    हस्पिटलले विरामीको आफन्तहरुसँग पनि कुनै खालको बार्तालाप गर्न नचाहेको, बरु प्रहरी प्रशासनको बलमा घटना सामसुम पार्न खोजेको बताएका छन् ।

    पहिल्यै देखि सोही हस्पिटलमा चेकजाँच गर्दै आएकी मगरले गत बर्ष जाँच गराउँदा ७ एमएमको पथ्थरी छ, चाँडै अप्रेसन गर्दा पछि समस्या हुन्न भनेर विरामीमा परामर्श गरेको उनको आफन्तले बताए । 

    सोही पथ्थरीको अप्रेसन गर्दा लाप्रवाहीको कारण विरामीको मृत्यु भएको, अप्रेसनको क्रममा ७–८ लाख बढी विल निकालेको, करिव ४० पाउन्ड रगत खोज्न लगाएको र ४ दिन भेन्टीलेटरमा राखेर अन्त्यमा विरामी नरहेको हस्पिटलले बताएको उनका आफन्त बताउँछन् । 

    बेला बेला यस्तै खालका घट्नाहरु घटदै आएको सो हस्पिटलले माफी माग्नु पर्नेमा उल्टै शक्ति प्रयोग गरेर धरपकड गर्न थालेपछि मृतकका आफन्तजनहरु भडकिएका छन् । उनीहरुले यस्तो अस्पताल मध्ये राजधानीमा सञ्चालनमा रहनु नै बिडम्बना भएको र अस्पताल बन्द नै गरिनु पर्ने माग राखेका छन् । 

    प्रकाशित मिति—श्रावण २७ २०८१ आइतवार 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend