images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • नर्वेमा टेस्लाको विद्युतीय गाडीको माग फेरि...

नर्वेमा टेस्लाको विद्युतीय गाडीको माग फेरि बढ्यो

नर्वेमा टेस्लाको विद्युतीय गाडीको माग फेरि बढ्यो

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • युरोपका धेरैजसो देशहरूमा टेस्ला गाडीको बिक्रीमा गिरावट देखिएको बेला नर्वेमा माग बढेको छ । उद्योगसम्बन्धी सार्वजनिक पछिल्लो तथ्याङ्कले नर्वेमा टेस्लाको विद्युतीय गाडीको माग फेरि बढेको देखाएको हो ।कम्पनीले शून्य ब्याजदरमा गाडीका लागि कर्जा उपलब्ध गराउनु र नयाँ मोडेल ‘वाई’ बजारमा ल्याउनुले आकर्षण बढेको हुनसक्ने विश्लेषण गरिएको एएफपीले जनाएको छ । वाई मोडेल पछिल्ला तीन महिनादेखि नर्वेमा सबैभन्दा धेरै बिक्री भएको गाडी बनेको छ ।

    images
    images

    नर्वेली सडक महासङ्घ (ओएफभी) का अनुसार, गएको मे महिनामा नर्वेमा दर्ता भएका नयाँ गाडीमध्ये ९३ दशमलव ९ प्रतिशत विद्युतीय थिए । मे महिनामा टेस्ला नर्वेमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी बनेको छ । टेस्लाको बिक्री तीन गुणाले बढेर कुल नयाँ गाडीको १८ दशमलव २ प्रतिशत पुगेको हो ।

    युरोपेली सङ्घभित्र भने अप्रिल महिनामा टेस्लाको बिक्री निक्कै घटेको थियो । यसको कारण चिनियाँ गाडी कम्पनीको तीव्र प्रतिस्पर्धा र केही उपभोक्ताले कम्पनीका मालिक एलन मस्कको राजनीतिक विचार तथा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धप्रति असन्तुष्टि देखाउनु रहेको ठानिएको थियो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend