images

२०८३ आश्विन १७ गते

images
images
images

आँपमा अत्यधिक विषादी प्रयोग

आँपमा अत्यधिक विषादी प्रयोग

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • कैलाली- धनगढी उपमहानगरपालिकाले विषादी प्रयोग भएको दुई हजार २६७ किलो आँप नष्ट गरेको छ।उपमहानगरपालिकाको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरियाको आइतबार गरिएको संयुक्त अनुगमनमा नगरपालिकाका तीनवटा हाटबजार (फलफूल तथा तरकारी बजार) बाट विषादीको मात्रा अत्यधिक रहेको अखाद्य आँप नष्ट गरिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले जानकारी दिए।

    images
    images

    उनका अनुसार सहिद गेट कृषि उपज थोकबजार, दक्षिणकाली मार्ग सब्जीमन्डी र धनगढीको चौराहास्थित हाटबजारबाट तरकारी तथा फलफूलका नमुना संकलन गरी परीक्षण गरिएको थियो।थोक बजार तथा मन्डीबाट भिन्डी, काँक्रो टमाटर, करेला, केरा, अङ्गुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकामा आँपमा विषादीको मात्रा बढी देखिएको र उक्त खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको शाखा प्रमुख मल्लले बताए।

    परीक्षणका क्रममा भारतबाट आयात गरिएका फलफूलमध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हरेराम प्रधानले बताए।संयुक्त अनुगमनमा यस कार्यालयको मोबाइल खाद्य घुम्ती प्रयोगशाला प्रयोग गरी यस नगरपालिकाका तीन हाट बजारबाट फलफूल तथा तरकारीहरूका १८ वटा नमुनाहरूमा आरबिपिआर विधिबाट विषादी अवशेष परीक्षण गर्दा आँपको एउटा नमुनामा रोकावट ६१ प्रतिशत पाइएकाले उक्त आँप नष्ट गरिएको उनको भनाइ छ।

    images
    images

    करिब १७ वटा नमुनामा भने कैफियत नपाइएको उनले बताए। अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहेको भए पनि आँपमा विषादीको मात्रा उच्च भएकाले खान अयोग्य ठहर गरी उक्त आँप नष्ट गरिएको उनले बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend