images

२०८३ आश्विन १९ गते

images
images
images

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

images
images
सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • तुलसीपुर- नेपाल वायु सेवा निगमले यात्रुहरुको मागका आधारमा तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलबाट  उडान भर्न थालेको छ। टरिगाउँ विमानस्थलमा यात्रुहरुको मागअनुसार अहिले हप्तामा पाँच दिन नै उडान भरेको निगमका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारले जानकारी दिए। उनका अनुसार बुधबार र शनिबारबाहेक हप्ताका अन्य पाँच दिनमा उडान भइरहेको हो।
     
    टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरु नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था थियो। विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन्। अहिले १९ सिटे जहाज मात्रै बस्ने गरेका छन्। हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ। उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ। उक्त विमानस्थल २०११ सालमा बनेको हो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend