images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • बङ्गलादेश : नेता युनुसद्वारा राजनीतिक, सामाजिक...

बङ्गलादेश : नेता युनुसद्वारा राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका लागि अपिल

बङ्गलादेश : नेता युनुसद्वारा राजनीतिक, सामाजिक र धार्मिक सहिष्णुताका लागि अपिल

images
images
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • बंगलादेशका अन्तरिम सरकारको नेतृत्व गर्नुभएका नेता मोहम्मद युनुसले शनिबार राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि सबै देशबासीसँग अपिल गर्नुभएको छ । 

    images
    images

    शेख हसिनाको १५ वर्षे शासन अन्त्य गर्ने क्रममा भएको जनप्रदर्शनमा प्रहरीले चलाएको गोली लागि मृत्यु भएका एक छात्राकी रोइरहेकी आमालाई अँगालो हाल्दै अन्तरिम सरकारको नेतृत्वकर्ता युनुसले विगतको हृदय विदारक घटनालाई मनमा राख्न र धार्मिक सहिष्णुता प्रकट गर्न आग्रह गर्नुभएको हो ।  

    नोबेल पुरस्कार विजेता ८४ वर्षीय युनुस यसै साता युरोपबाट फर्किनुभएको र अव्यवस्थाको अन्त्य र प्रजातान्त्रिक सुधारको ठूलो चुनौतीको सामना गर्दै अन्तरिक प्रशासनको नेतृत्व सम्हाल्नुभएको हो । 
    “हाम्रो जिम्मेवारी नयाँ बङ्गलादेश निर्माण गर्नु हो,” उहाँले भन्नुभयो । 

    images
    images

    पूर्वप्रधानमन्त्री हसिनालाई विद्यार्थी आन्दोलनको बलमा गत साता पदच्युत गरिएपछि देशका हिन्दू अल्पसङ्ख्यक समुदायमाथि भएका कैयौँ प्रतिशोधात्मक आक्रमणले छिमेकी मुलुक भारतमा सन्त्रास पैदा गर्नुका साथै स्वदेशमा पनि त्रास फैलाएको छ ।

    युनुसले उत्तरी शहर रङ्गपुरको भ्रमणका क्रममा गत महिना भएको अशान्तिका क्रममा मारिएका पहिलो विद्यार्थी अबु सायिदको सम्झनामा शान्ति कायम गर्न आह्वान गर्नुभएको थियो । 
    उहाँले भन्नुभयो, “धर्मका आधारमा विभेद नगर्नुहोस् ।”

    नोबेल पुरस्कार विजेता युनुसले भन्नुभयो, “सायिद अहिले हरेक घरमा हुनुहुन्छ । उहाँ जसरी राष्ट्रिय जागरणका लागि उभिनुभयो, हामीले पनि त्यस्तै गर्नुपर्छ। अबु सायिदलाई हेर्ने दृष्टिकोणबारे बङ्गलादेशमा कुनै मतभेद छैन ।”

    विद्यार्थीको नेतृत्वमा हसिनाको सरकारविरुद्ध भएको प्रदर्शनमाथि प्रहरीले दमन गर्दा २५ वर्षीय सायिदको जुलाई १६ मा प्रहरीले चलाएको गोली लागि मृत्यु भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend