मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा ११० जनाको मृत्यु भएको छ।
सरकारी अधिकारीहरूले यो जानकारी बीबीसीलाई दिएका हुन्।
नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सी का प्रमुख अबुल्लाही बाबा(आराले वर्षा धेरै घण्टासम्म जारी रहेको बताएका छन्।
उनले भने, बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यहाँ बस्ने मानिसहरू बगाएको छ।ु
आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार, बाढीले मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा सबैभन्दा बढी क्षति पुर्याएको छ।
नाइजेरियाले २०२२ मा पनि ठूलो बाढीको सामना गर्नु परेको थियो।जसमा लगभग १३ लाख मानिसले आफ्नो घर छोड्नुपरेको थियो र ६०० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।




.gif)





