images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • शेख हसिनाको शरणका लागि आवेदन दिएको...

शेख हसिनाको शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गर्दै छोरा सजीब

शेख हसिनाको शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गर्दै छोरा सजीब

images
images
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गर्नुभएको छ । 

    images
    images

    एएनआईसँगको एक विशेष अन्तर्वार्तामा सजीब वाजेद जोयले आफू वा आफ्नो परिवारले सत्ताको लोभ नराखेको र बङ्गलादेशको हितका लागि काम गर्नु प्राथमिक प्रेरणा रहेकोमा जोड दिनुभयो ।  

    “यी सबै हल्ला हुन्, मेरी आमाले कतै पनि शरणका लागि आवेदन दिनुभएको छैन । उहाँले आफ्नो जीवनको अधिकांश समय बङ्गलादेशमा बिताउनुभएको छ र देश बाहिर बस्ने उहाँको कुनै चाह छैन । यस कार्यकालको अन्त्यमा उहाँको योजना सेवानिवृत्त भएर आफ्नो गाउँको घरमा बस्ने थियो । राजनीतिमा संलग्न भए वा नभएपनि उहाँ आफ्नो घर फर्कन चाहनुहुन्छ ”, उहाँले भन्नुभयो । 
     
    शेख हसिनाको राजनीतिमा फर्कने योजनाको बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो,“यस विषयमा म जवाफ दिन सक्दिनँ, उहाँलाई नै सोध्नुपर्नेछ । मेरो परिवारमा हामीमध्ये कसैलाई पनि शक्ति वा राजनीतिको लोभ  छैन । मेरो परिवारका बाँकी सदस्यहरू विदेशमा बसोबास गर्दै आएका छन्। म लगभग ३० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएको छु । तर हामी हाम्रो देशका लागि काम गर्न चाहन्छौँ”, उहाँले बताउनुभयो ।  

    images
    images

    सजीबले बङ्गलादेशमा लोकतन्त्र र कानून व्यवस्था पुनर्स्थापना गर्न आफ्नो परिवारको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । “हामी देशको यस्तो अवस्था हेर्न सक्दैनौँ । लोकतन्त्र पुनर्स्थापना गर्न, कानूनी व्यवस्था पुनर्स्थापना गर्न, हाम्रा देशका जनतालाई सुरक्षित राख्न जे आवश्यक छ, हामी गर्नेछौँ”, उहाँले भन्नुभयो ।  

    उहाँले बङ्गलादेशमा अल्पसङ्ख्यकहरूको दुर्दशा र कानून प्रवर्तनको अभावलाई पनि प्रकाश पार्नुभएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend