images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेप्से १६.५५ अंकले बढ्यो , ८...

नेप्से १६.५५ अंकले बढ्यो , ८ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार

नेप्से १६.५५ अंकले बढ्यो , ८ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५५ अंकले बढेर २६९२.१८ विन्दुमा पुगेको हो ।अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से स्थिर बसेको थियो । आज नेप्सेमा कुल ८ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images
    images

    अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।बुधबार ङादी ग्रुप पावर कम्पनीको मात्रै १ अर्ब ५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस्तै, राधी विद्युतको ६० करोडको कारोबार हुँदा युनिभर्सल पावरको ५१ करोडको सेयर किनबेच भएको छ ।

    बुधबार ओम मेगाश्री, ग्रिन विकास बैंक र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।आज बैंकिङ समूहको सेयर मूल्य १.७५ प्रतिशतले बढ्दा विकास बैंक समूहको सेयर मूल्य १.२७ प्रतिशतले उकालो लागेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend