images

२०८३ आश्विन १७ गते

images
images
images

डा रुइतको अभियानका लागि शेर्पा किदुक अमेरिकाले गर्यो ६४ लाख सहयोग

डा रुइतको अभियानका लागि शेर्पा किदुक अमेरिकाले गर्यो ६४ लाख सहयोग

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • काठमाडौं। डा सन्दुक रुइतको अभियानलाई  शेर्पा किदुक अमेरिकाले ४७ हजार बढी अमेरिकी डलर अर्थात् झण्डै टद्ध लाख नेपाली रुपैयाँ सहयोग गरेको छ । किदुकको सदस्यहरूबाट सङ्कलित उक्त रकम एक कार्यक्रम गरी सम्मान सहित डा रुइतलाई  हस्तान्तरण गरिएको हो। 

    images
    images

    ‘डा सन्दुक रुइतले आँखा उपचारको क्षेत्रमा विश्वविख्यात काम गरेको भन्दै किदुकले सम्मान सहित सहयोग गरेको शेर्पा किदुक संरक्षक समितिका संयोजक ल्हाक्पा रिन्जी शेर्पाले बताए। उता हिमालयन होप नेटवर्क संस्थाद्वारा सङ्कलित ५ हजार ७ अमेरिकी डलर पनि शेर्पा किदुकमार्फत हस्तान्तरण गरिएको थियो । उक्त रकम डा रुइतको कार्यको लागि स्वयंसेवक र कोष सङ्कलनमा आगामी दिनमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। 

    डा रुइतले आफ्नो अमेरिका भ्रमण नेपालको सफल चिकित्सा अनुभव र दृष्टि पुनः स्थापनाको मोडललाई हार्वर्ड, स्ट्यानफोर्ड, ब्राउन, बास्कम पाल्मरजस्ता विश्व स्तरीय संस्थाहरूसँग साझेदारी गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने रहेको बताए। नेपालमै अत्याधुनिक इन्ट्राकुलर लेन्स उत्पादन गर्ने कारखाना स्थापना गरी विश्वभर निर्यात गर्ने र प्राप्त नाफाबाट आर्थिक रूपले कमजोर समुदायका लागि निःशुल्क आँखा उपचारको दीर्घकालीन योजना अघि बढाउने योजना अघि सारेको समेत उनले बताए। 

    images
    images

    उक्त योजनाका लागि झन्डै ८ मिलियन अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिँदै उनले हालसम्म ३ मिलियन डलर सङ्कलन भइसकेको र बाँकी ५ मिलियन जुटाउन नेपाली समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend