images

२०८३ आश्विन २० गते

images
images
images

अमेरिकाबाट थप ९ जना नेपाली निष्काशित

अमेरिकाबाट थप ९ जना नेपाली निष्काशित

images
images
सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • अमेरिकाले थप ९ जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई गत साता नेपाल फर्काइएको हो।

    images
    images

    नेपाल फर्काइनेमा, विश्वकर्मा, वली, केसी, भण्डारी र केसी थरीका एकएक जना रहेका छन्। त्यस्तै केसी, देवकोटा, बोहोरा र शेर्पा थरीका एकएक जनालाई पनि नेपाल फर्काइएको हो। ५ जनालाई गत बिहीबार र ४ जनालाई गत मंगलबार काठमाडौं ल्याइपुर्‍याएको स्रोतले जानकारी दिएको छ।

    उनीहरूलाई एयर इन्डियाको जहाजबाट नेपाल ल्याइएको हो। अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका उनीहरूलाई निष्कासन गरी काठमाडौं फर्काइएको स्रोतल जानकारी दिएको हो। 

    images
    images

    अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा परेकाहरू पछिल्लो समय अमेरिकाबाट दैनिकजसो काठमाडौं अवतरण गर्ने गरेका छन्, स्रोतले भन्यो। 

    राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीति लागू गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन्। गैरकानुनी तरिकाले बसिरहेका नेपालीहरू अमेरिकाको अध्यागमन प्रहरीको रडारमा पर्दै आएका छन्। अमेरिकाले केही नेपालीलाई त चार्टर्ड विमान मार्फत नै नेपाल फर्काएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend