images

२०८३ कार्तिक ६ गते

images
images
images
  • शेयर
  • ६.७० अंकले बढ्यो नेप्से, २० अर्बको...

६.७० अंकले बढ्यो नेप्से, २० अर्बको कारोबार

६.७० अंकले बढ्यो नेप्से, २० अर्बको कारोबार

images
images
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ६.७० अंकको वृद्धि भएको छ । बुधबार १०८ अंक माथिले बढेको सूचक बिहीबार ०।२४ प्रतिशतले बढ्दै २७६६.३८ विन्दुमा उक्लिएको हो ।

    images
    images

    बिहीबार कारोबारमा समेत सुधार आउँदै २० अर्ब ७ करोड रुपैयाँ बराबरको ५ करोड ९ लाख कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । १०८ अंकमाथिले नेप्से सूचक बढेको बुधबार १७ अर्ब ५९ करोडको कारोबार भएको थियो ।

    बिहीबार सबैभन्दा धेरै शिभम् सिमेन्टको १ अर्ब २० करोड रुपैयाँ बराबरको र हिमालय रिइन्स्योरेन्सको १ अर्ब ७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

    images
    images

    तथापि जम्मा ७९ कम्पनीको सेयर मूल्य बढ्दा बिहीबार १५९ कम्पनीको मूल्य घट्न पुगेछ । ४ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    बिहीबार हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend