images

२०८३ आश्विन २६ गते

images
images
images

सान्भी इनर्जी भोलिदेखि आईपीओ निष्कासन गर्दै

सान्भी इनर्जी भोलिदेखि आईपीओ निष्कासन गर्दै

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं- सान्भी इनर्जीले भोलि जेठ ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ।  कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो।  पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले सर्वसाधारणका लागि २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको आइपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १५ हजार ३०० कित्ता शेयर जारी गर्नेछ।

    images
    images

    यो आईपीओमा सर्वसाधारण न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक र वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्।यो आईपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend