images

२०८३ आश्विन २० गते

images
images
images

मौरी पालक किसानलाई घार प्रदान

मौरी पालक किसानलाई घार प्रदान

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • बाग्लुङ – बाग्लुङमा झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि चिया किसान उत्साहित भएका छन् । काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेकाे हाे ।त्यहाँ समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका थिए । रेशको बौर, तिङरिङलगायतका ठाउँमा अहिले एक सय ६२ रोपनी जग्गामा चियाखेती भइरहेको छ ।

    images
    images

    गएको वर्ष नमूनाका रूपमा परम्परागत शैलीबाट चिया उत्पादन गरे पनि यस पटक स्थानीयवासीले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन भने ७० रोपनी जग्गामा लगाइएको चिया टिप्न थालिएको छ । थप सय रोपनी जग्गामा चियाका बोटहरू हुर्किरहेका छन् ।पाँच वर्षमै चियाका बोटले पूर्णरूपमै उत्पादन दिन थालेकाले हप्तामा एक दिन चिया टिप्न थालिएको छ । चिया टिप्ने क्रम मङ्सिरसम्म चल्नेछ ।

    जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर थापाले ३५ रोपनी विद्यालयको जग्गामा चियाखेती गरिरहेको जानकारी दिनुभयो । रेशमा चियाको शुरुआत विद्यालयकै जग्गाबाट भएको बताउँदै उहाँले दाउरा बिक्री गर्ने पाखो अहिले चिया बगान भएको बताउनुभयो ।

    images
    images

    काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले एक वर्षभित्रै चियाको निर्यात हुनेगरी चिया टिप्न थालिएको र चिया उत्पादन गर्ने उपकरणसमेत १८ लाख रुपैयाँ लागतमा स्थानीयले रकम सङ्कलन गरी खरिद गरेको जानकारी दिनुभयो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend