images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • जेठ १८ गतेदेखि निफ्राले ५...

जेठ १८ गतेदेखि निफ्राले ५ अर्बको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्ने

जेठ १८ गतेदेखि निफ्राले ५ अर्बको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्ने

images
images
बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जेठ १८ गतेदेखि हरित ऊर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्न लागेको हो ।जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ । अंकित मूल्य १ हजार रुपैयाँका दरले जारी हुने ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

    images
    images

    अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ७ वर्षे अवधि रहेको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् ।छिटोमा जेठ २१ गतेसम्म ऋणपत्रमा आवेदन दिन सकिनेछ । सो अवधिभित्र सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा असार १ गतेसम्म आवेदन खुल्न सक्नेछ । हरित ऊर्जा ऋणपत्रको बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंकका शाखाबाट आवेदन दिन सकिनेछ ।

    ‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत २०८८-८९’ नामक यस ऋणपत्रबाट संकलित पूँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकास कार्यमा प्रयोग गरिने निफ्राले जनाएको छ ।इक्रा नेपालले कम्पनीको ऋणपत्रलाई बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनी दायित्व वहन गर्न मध्यमस्तरमा सक्षम रहेको जनाउँछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend