images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • ४.२ अर्ब डलरमा बन्दैछ संसारकै महंगो...

४.२ अर्ब डलरमा बन्दैछ संसारकै महंगो टिभी शो,प्रति-एपिसोड खर्च १०० मिलियन डलर

४.२ अर्ब डलरमा बन्दैछ संसारकै महंगो टिभी शो,प्रति-एपिसोड खर्च १०० मिलियन डलर

images
images
बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । संसारको सबैभन्दा महँगो टिभी श्रृंखला बनाउन ४.२ अर्ब डलर खर्च हुने अपेक्षा गरिएको छ, जसको प्रत्येक एपिसोडको लागत १०० मिलियन डलरभन्दा बढी हुनेछ, जुन धेरै मार्भल फिल्मभन्दा बढी हो ।अहिलेसम्म रिलिज भएको सबैभन्दा महँगो फिल्मलाई बनाउन ४४० मिलियन डलरभन्दा बढी खर्च भएको थियो । त्यो ‘स्टार वार्स ७’को श्रृंखला थियो, जसमा घण्टौं लामो सीजीआई प्रयोग भएको थियो । यो फिल्ममा केही ठूला नाम सहभागी थिए ।तर, अहिले निर्माण भैरहेको टिभी श्रृंखलाको लागत हेर्दा फिल्मको बजेट न्यून देखिन्छ । संसारको सबैभन्दा महँगो टिभी श्रृंखला बनाउन ४ अर्ब डलरभन्दा बढी खर्च हुनेछ ।

    images
    images

    ‘ह्यारी पोटर’ श्रृंखलाको नयाँ सिक्वेल अहिलेसम्मकै सबैभन्दा महँगो टिभी कार्यक्रमको रूपमा चर्चा भइरहेको छ । ‘एक्सप्रेस’को एक रिपोर्टअनुसार, यो शोको प्रति एपिसोड ७५ मिलियन पाउण्ड (१०० मिलियन डलरभन्दा बढी) को उत्पादन बजेट हुनेछ ।यो शोका ६ एपिसोडका सात सिजनको कुल उत्पादन बजेट हाल अनुमानित ३.१५ बिलियन पाउण्ड (४.२ बिलियन डलरभन्दा बढी) छ । हाल बनाइएको सबैभन्दा महँगो श्रृंखला ‘द लर्ड अफ द रिङ्स ः द रिङ्स अफ पावर’ हो, जसको प्रति-एपिसोड उत्पादन बजेट ६२ मिलियन डलर थियो र दुई सिजनको कुल लागत १ अर्ब डलरभन्दा बढी थियो । ह्यारी पोटर श्रृंखलाले त्यो भन्दा ठूलो अन्तरले उछिनेको अपेक्षा गरिएको छ ।

    नयाँ ‘ह्यारी पोटर’ श्रृंखलाकोे लागतको ठूलो हिस्सा छायांकनको लागि निर्माण भइरहेको शहरमा छ । द सनको एक रिपोर्ट अनुसार, मिडियाले पोटरभिल नाम दिएको यो सानो शहरको लागत वार्नर ब्रदर्स स्टुडियोले लगभग १ अर्ब पाउण्ड (१.३ अर्ब डलर) पुर्‍याएको छ ।यस शहरमा श्रृंखलाका सबै प्रमुख स्थानहरू समावेश हुनेछन्, जसमा होगवाट्र्स, किङ्स क्रस स्टेशन र प्राइभेट ड्राइभ पनि समावेश छन् । जेके रोलिङका उपन्यासहरूमा आधारित आगामी श्रृंखलालाई आठ भागको फिल्म फ्रान्चाइज भन्दा रोलिङका पुस्तकहरूको “बढी गहन“ रूपान्तरणको रूपमा वर्णन गरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend