images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आज राप्ती हाइड्रोको १०० प्रतिशत...

आज राप्ती हाइड्रोको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन

आज राप्ती हाइड्रोको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।कम्पनीको हकप्रद सेयर जारी गर्न भोलि जेठ ६ गते बुक क्लोज गर्ने भएकोले आजसम्म कायम सेयरधनीहरुले हकप्रद सेयर भर्न पाउनेछन्।

    images
    images

    नेपाल धितोपत्र बोर्डले वैशाख २५ गते राप्ती हाइड्रोलाई हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो। 

    कम्पनीले आफ्ना सेयरधनीहरुलाई ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९८३ रुपैयाँ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रदसेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend