images

२०८३ आश्विन २० गते

images
images
images

सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व संकलन : मन्त्री भण्डारी

सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व संकलन : मन्त्री भण्डारी

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सुपारी आयात हुँदा २५ अर्ब बराबर राजस्व  संकलन हुने दाबी गरेका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गत आर्थिक मामिला तथा सशासन समितिमा बोल्दै ठुलो परिमाणमा राजस्व संकलन हुनेभएकाले कानुन सशोधन गरेर आयात अनुमति दिइएको बताए ।

    images
    images

    ’सुपारी बढी चर्चामा आयो । थुप्रै फाईल लिएर आएको छु,सर्वाेच्च अदालतको फैसला, लगायत,’ उनले दिक्दारी हुँदै भने,’कुन समितिको निर्णय सरकारले मान्ने? अन्यौलमा छ मन्त्रालय । फरक –फरक समितिले फरक निर्णय गरेको छ ।’२५ अर्बको आसपासमा राजस्व आउने दावी गरे । कच्चापदार्थको रुपमा आउँछ । ’कानुन बनाएर व्यापारिक प्रयोजनका लागि नभएर  औद्योगिक प्रयोजनका लागि मात्रै ल्याउन दिएका छौँ,’ मन्त्री भण्डारीले भने,’कहिले सुपारीको डिएनए परीक्षण गर्नुपर्छ भन्ने निर्देशन दियो तर डीएनए परीक्षण नार्कले गर्ने हो उसले सकिँदैन भन्यो ।भन्सार विन्दुमा चेकजाँच होला नि ।’

    जसका कारण स्वदेशी उत्पादन सुपारी निर्यात गरन नसकेको तर्क गरे । डीएनए परीक्षण गर्न सम्भव नभएको र यो कुराले किसान लामो समयदेखि हैरान भएको उनको भनाइ थियो । साथै समितिका सभापति कमला पन्तले नार्कले सुपारीको डीएनए परीक्षण गर्न सक्ने जानकारी दिइएको दाबी गरिन् ।’नार्कको पदाधिकारीले सुपारीको डीएनए परीक्षण गर्न सक्छौँ भन्नुभएको छ । सुपारी नेपालको उत्पादन हो कि होईन भन्ने विषयमा परीक्ण गरिनुपर्छ ,’ उनले भनिन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend