images

२०८३ आश्विन २० गते

images
images
images

एमसीए नेपालको मासिक घरभाडा २५ लाख, हालसम्म सकियो १७ करोड

एमसीए नेपालको मासिक घरभाडा २५ लाख, हालसम्म सकियो १७ करोड

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं । महालेखा परीक्षकको प्रतिवेदनले एम.सी.ए नेपालले हालसम्म घरभाडामा मात्रै १७ करोड भन्दा बढी तिरेको औंल्याएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा एमसीए नेपालले घरभाडाको लागि २२ डिसेम्बर, २०१७ मा सम्झौता गरेकोमा हालसम्म घरभाडा १७ करोड २४ लाख ३१ हजार खर्च लेखेको उल्लेख छ।

    images
    images

    थप क्षेत्रफल आवश्यक पर्ने कारण देखाई उक्त सम्झौतालाई २० अप्रिल २०१८ मा संशोधन गरी १४ हजार ५८९ वर्गफिट पुऱ्याएको छ।‘सो वापत प्रत्येक वर्षमा ५ प्रतिशत वृद्धि हुने गरी प्रति वर्ग फिट १३८ का दरले घरभाडा भुक्तानी गर्ने गरी सम्झौता गरेको छ, यसरी समितिले मासिक २५ लाख ७० हजार घरभाडाको दरले वार्षिक ३ करोड ८ लाख ३६ हजार भुक्तानी हुने गरी सोझै खरिद गरेको छ,’प्रतिवेदनमा उल्लेख छ।त्यसो त महालेखा परीक्षकको कार्यालयले प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न सुझाव दिएको छ।

    नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेन्ज कपर्पोरेशन (एमसीसी)बीच २०७४ भाद्र २९ मा भएको कम्प्याक्ट (सम्झौता) ५ वर्ष भित्र कार्यान्वयन गर्ने निकायको रूपमा मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (गठन) आदेश, २०७४ अनुसार समितिको स्थापना भएको थियो।मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए(नेपाल) को कार्यालय दरवार मार्गस्थित लालदरवार सम्मेलन केन्द्रको दोस्रो र तेस्रो तल्लामा छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend