images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • नेपालमा ५ सय बढी सेरेस ईभी,...

नेपालमा ५ सय बढी सेरेस ईभी, अर्को वर्ष थप ३ नयाँ ईभी आउने

नेपालमा ५ सय बढी सेरेस ईभी, अर्को वर्ष थप ३ नयाँ ईभी आउने

images
images
शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • अन्तर्राष्ट्रियस्तरको प्रिमियम विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपालका सडकहरूमा आफ्ना ५०० भन्दा बढी सेरेस ईभीहरू पुगेको जानकारी दिएको छ। यसलाई कम्पनीले सफलताको रुपमा लिँदै केक काटेर उत्सव नै मनाएको छ।

    images
    images

    कार्यक्रममा सेरेसका सेल्स डाइरेक्टर डेभिड लुओ, एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्त लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।एमएडब्ल्यु वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरियाले नेपालका सडकमा सेरेस गाडीको सङ्ख्या ५०० भन्दा बढी पुग्नु कम्पनीको दायित्व, समर्पण र नेपालको विविधतायुक्त भूगोललाई ध्यानमा राखेर तयार पारिएको भरपर्दो तथा नवीनतम ईभी सोलुसन्सको प्रमाण भएको उल्लेख गरे। 

    उनले भने, “नेपाली उपभोक्तामा सेरेसप्रतिको विश्वास र उत्साह बढ्दो छ भन्ने देख्दा हामी अत्यन्त उत्साहित छौँ। सेरेसको आधुनिक प्रविधि, बलियो प्रदर्शन र स्टाइलिश डिजाइन नेपाली प्रयोगकर्ताहरूको रोजाइसँग मेल खान्छ। यो उपलब्धिले सेरेसको अन्तर्राष्ट्रिय उत्कृष्टतासँगै नेपालको दिगो वातावरणमैत्री भविष्य निर्माणमा हाम्रो योगदानलाई पनि प्रस्ट पार्छ।”

    images
    images
     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend