images

२०८३ आश्विन २० गते

images
images
images
  • कृषि
  • चार हजार ८ सय किसानले पाएनन्...

चार हजार ८ सय किसानले पाएनन् कृषि बीमाको दाबी भुक्तानी

चार हजार ८ सय किसानले पाएनन् कृषि बीमाको दाबी भुक्तानी

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं । चार हजार भन्दा बढी किसानहरूले कृषि बीमा बापतको रकम पाउन सकेका छैनन् ।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनले चार हजार ८२७ किसानले कृषि बीमा बापतको दाबी रकम पाउन बाँकी रहेको जनाएको छ ।उक्त प्रतिवेदनमा भनिएको छ, ‘यो वर्ष १४ बिमा कम्पनीमा ३२ हजार ५६६ बीमालेखबाट रु। १ अर्ब ७० करोड ७ लाख बीमा दाबी भुक्तानी माग भएकोमा अघिल्लो वर्षको बीमादाबी भुक्तानीसमेत ३३ हजार १२८ बीमालेखको दाबीबापत रु। १ अर्ब ५८ करोड ४३ लाख भुक्तानी गरी ४ हजार ८२७ बीमालेखको रु।३७ करोड ४१ लाख बिमा दाबी भुक्तानी बाँकी रहेको देखिन्छ ।’

    images
    images

    कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका, २०७९ मा बिमा जानकारी प्राप्त गरेको दिनदेखि अधिकतम ५७ दिनभित्र बिमकले दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर, भुक्तानीमा ढिलाइ हुँदा बिमितहरूले समयमै क्षतिपूर्ति नपाउँदा आर्थिक सङ्कट भोग्नुपरेको महालेखाले उल्लेख गरेको छ ।

    महालेखाको प्रतिवेदन अनुसार बिमा प्रणालीप्रति विश्वास कम हुँदै गएको तथा बिमाको निरन्तरतामा कमी आएको देखिएको छ । बिमकहरूले समय सीमा पालना गर्ने, बिमा प्राधिकरणले प्रभावकारी नियमन र अनुगमन गर्ने, डिजिटल प्रणालीमार्फत प्रक्रिया सरलीकृत गर्ने एवं बिमादाबी भुक्तानी प्रक्रियाबारे पारदर्शिता कायम गर्न आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend