काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति पुनर्गठन भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा समिति पुनर्गठन भएको हो ।
यसअघि अर्थमन्त्री पौडेलको नेतृत्वमा बनेको समितिमा डा. विश्व पौडेल र निर्वतमान गभर्नर महाप्रसाद अधिकारी सदस्य थिए । पौडेलले समितिको सदस्यबाट राजीनामा दिइसकेका छन् । उनको ठाउँमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको हो।




.gif)



