images

२०८३ आश्विन २६ गते

images
images
images

कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा राष्ट्र बैंकले लगानी गर्ने

कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा राष्ट्र बैंकले लगानी गर्ने

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।बैंकले उक्त रकम ३६६ दिनका लागि निक्षेपको रूपमा बैंकमा राख्ने भएको हो । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ । 

    images
    images

    सूचना अनुसार कुल रकम मध्ये ८ करोड ६४ लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि छुटाइएको छ भने ‘ख’ वर्गको विकास बैंकहरुका लागि १ करोड ६२ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुका लागि ५४ लाख रुपैयाँ छुटाइएको छ ।

     इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले जेठ ३ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्ममा अनलाइन आवेदन दिन सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend