images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • विदेश लैजाने भनि ठगी गरेको आरोपमा...

विदेश लैजाने भनि ठगी गरेको आरोपमा दुई जना पक्राउ

विदेश लैजाने भनि ठगी गरेको आरोपमा दुई जना पक्राउ

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौंः बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

    images
    images

    पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका–८ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने २१ वर्षीय ललित बोहरा रहेका छन्।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउदलाई काठमाडौँ–१२ र बोहरालाई ललितपुर–३ बाट पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताएका छन्।

    images
    images

    साउदले आयरल्यान्ड पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ४१ लाख ९० हजार र युके पठाइदिन्छु भन्दै बोहराले एक जनाबाट १० लाख रुपैयाँ ठगी गरेको आचार्यले बताएका छन्।

    विदेश लैजाने बहानामा रकम लिएर लामो समय फरार भएपछि दुबैविरूद्ध पीडित प्रहरीमा उजुरी गर्न पुगेका थिए।

    पक्राउ परेकालाई मङ्गलवार वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend