images

२०८३ कार्तिक ७ गते

images
images
images

सेयर कारोबारमा नयाँ रेकर्ड

सेयर कारोबारमा नयाँ रेकर्ड

images
images
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौँ।  केही समययता उच्च अंकले बढिरहेको सेयर बजार आज मंगलबार भने उच्च अंकले नै ओरालो लागेको छ। आज नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ मा ओर्लिएको छ। यो गिरावट ५.१८ प्रतिशत हो।

    images
    images

    नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्सचेन्जमा आज सबैभन्दा बढी कारोबारको रेकर्ड तोडिएको छ ।

    आज बजारमा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको छ। दैनिक कारोबारमा यो नयाँ रेकर्ड हो। यसअघि दैनिक कारोबार करिब २२ अर्बसम्म पुगेको थियो।

    images
    images

    नेप्सेमा सूचीकृत कम्पनीमध्ये आज ८ वटाको मात्र सेयर मूल्य बढेको छ। २३३ वटाको सेयर मूल्य घट्यो भने एउटाको स्थिर रह्यो । आज कुल ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच भयो।

    आज सबैभन्दा धेरै कमाउनेमा थ्रीस्टार हाइड्रो, कुथेली बुखरी हाइड्रो, लक्ष्मी भ्यालु फण्ड, मेगा म्युचुअल फण्ड र रुरु जलविद्युतका लगानीकर्ता छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend