images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • अमेरिका र चीनबीच दुवै देशमा ११५...

अमेरिका र चीनबीच दुवै देशमा ११५ प्रतिशत आयात कर घटाउने सहमति

अमेरिका र चीनबीच दुवै देशमा ११५ प्रतिशत आयात कर घटाउने सहमति

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौं । अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले अमेरिका र चीनबीच भएको व्यापार वार्तामा दुवै देश ११५ प्रतिशत आयात कर घटाउन सहमत भएका छन् । अहिले अमेरिकाले चीनलाई १४५ प्रतिशत आयात कर लगाएको छ । चीनले अमेरिकालाई १२५ प्रतिशत आयात कर लगाउँदै आएको छ ।

    images
    images

    नयाँ सम्झौता अनुसार, अब चीनले अमेरिकालाई १० प्रतिशत मात्र आयात कर लगाउने छ । अमेरिकालाई चीनले ३० प्रतिशत आयात कर लगाउनेछ । यो सम्झौता ९० दिनका लागि मात्रै रहने बीबीसीले जनाएको छ ।स्वीट्जरल्यान्डको जेनेभामा अमेरिकी अर्थमन्त्री बेसेन्टसहितको प्रतिनिधिमण्डल र चिनियाँ प्रतिनिधिमण्डलबीच शनिबार र आइतबार व्यापार वार्ता भएको थियो ।

    “दुवै देशबीचको गहन छलफलपछि पारस्परिक आयात करमा ९० दिनका लागि रोक्ने सहमति जनाएका छौँ,” बैठकपछि सहमतिका विषयमा बोल्दै बेसेन्टले भने, “यसको अर्थ दुवै पक्षले आफ्नो आयात कर ११५ प्रतिशतले घटाउनेछौँ ।”चीनको वाणिज्य मन्त्रालयले अप्रिल २ देखि अमेरिकाविरुद्ध लिइएका अमेरिकी आयात करविरुद्धका सबै प्रतिकारात्मक कदमहरू स्थगित गरेको पुष्टि गरेको रोयटर्सले जनाएको छ । बीबीसीबाट ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend