images

२०८३ कार्तिक ७ गते

images
images
images
  • शेयर
  • नेप्से सूचक २७ सयको विन्दुमा ...

नेप्से सूचक २७ सयको विन्दुमा ओर्लियो

नेप्से सूचक २७ सयको विन्दुमा ओर्लियो

images
images
मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से घट्न पुगेको छ । दिउँसो २ बजे बजार १०७ अंकले घटेका पुनः ८२ अंकको ऋणात्मकमा फर्किएको छ । यस्तै नेप्से सूचक २७ सयको विन्दुमा ओर्लिएको हो । 

    images
    images

    पछिल्लो कारोबार दिन सोमबार ४०.७६ अंकले बढ्दै नेप्से सूचक २७९६.३८ अंकमा उक्लिएको थियो । असार २० गते यता एक महिनामा ६६० अंकले बढेर २८ सयको विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक गिरावट आएको हो । 
    खासगरी सरकार परिवर्तन र मौद्रिक नीतिलाई कारण देखाउँदै आक्रामक रुपमा बजार बढेपछि सबैले संसय व्यक्त गरिरहेका छन् ।

     यही माहोलमा ठूला लगानीकर्ताले कमाउने र साना लगानीकर्ता फस्ने खतरा बढेको पूर्व अर्थमन्त्री डा।प्रकाशशरण महतले नै संसय व्यक्त गरेका छन् । हिजो मात्र बसेको प्रतिनिधि सभाको बैठकमा समेत स्वतन्त्र सांसद अम्रेश सिंहले ठूला लगानीकर्ता र ब्रोकर मिलेर अस्वभाविक बजार बढाएको र साना लगानीकर्तालाई डुबाउने खेल शुरु भएको बहस उठाएका थिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend