images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • सिजी मोटर्सको एक्सचेन्ज अफर, अब २०%...

सिजी मोटर्सको एक्सचेन्ज अफर, अब २०% डाउन पेमेन्टमै ईभी पिकअप रिड्डारा

सिजी मोटर्सको एक्सचेन्ज अफर, अब २०% डाउन पेमेन्टमै ईभी पिकअप रिड्डारा

images
images
सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • काठमाडौँ । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “ईभल्भ टु रिड्डारा एक्सचेन्ज अफर” (EVolve to RIDDARA Xchange) सार्वजनिक गरेको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमा नयाँ गति थप्ने विश्वास सहित यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर ईभी पिकअप रिड्डारा केवल २० प्रतिशत डाउन पेमेन्टमा प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    ४२४ किलोमिटरको रेन्ज र ७३ किलोवाट आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको छ कम्पनीको दाबी छ । गाडीमा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता सात ओटा ड्राइभिङ मोडहरू छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेरा पनि उपलब्ध छ । अफर अन्तर्गत ग्राहकले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर, र एक वर्षको सडक कर निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । 

    “रिड्डाराले चीनमा नम्बर १ ईभी पिकअपको मान्यता प्राप्त गरिसकेको छ, भने यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यसले रिड्डाराको विश्वसनीयता र गुणस्तरमा अन्तर्राष्ट्रिय स्तरमा विश्वास दिलाउँछ,” कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend